नेपाली कथानक चलचित्र ‘महापुरुष’को ट्रेलर सार्वजनिक भएको छ।
सार्वजनिक ट्रेलरमा माया, घृणा, संवेदना, हुटहुटी, रोमान्स र विद्रोहसमेत देखाइएको छ। ३ मिनेट ८ सेकेण्ड लामो ट्रेलरमा दुई पुस्ताको प्रेम कथा प्रस्तुत गरिएको छ।
ट्रेलर देखाएको हरिवंश आचार्यको प्रेमले अधवैंशे एक्लो पुरुषको कथा बताउँछ। पत्नी गुमाएको पुरुष पात्रको जीवनमा अधवैंशे महिलाको प्रवेशपछि आउने पारिवारिक उतारचढावको वरिपरि फिल्मको कथा घुमेको छ।
यो फिल्ममा हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, रवीन्द्र सिंह बानियाँ शिर्ष भूमिकामा देखिनेछन्।
उनीहरुका साथ मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, सिरु विष्टले पनि प्रमुख भूमिका निर्वाह गरेका छन्। सिनेमा हलमा दसैंमै रिलिज भएको फिल्मको ट्रेलर भनेर निर्माण टिमले सोमबार मात्रै सार्वजनिक गरेको हो।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यो फिल्म आगामी कार्तिक ११ गतेबाट प्रदर्शनमा आउनेछ।
Shares

प्रतिक्रिया