काठमाडौंको नाचघरमा गत असोज ६ गते भएको 'भीषण एकल साँझ'बाट संकलित रकम एम्बुलेन्स सञ्चालनका लागि हस्तान्तरण गरिएको छ।
गायक भीषण मुकारुङले उक्त साँझमा उठेको एक लाख रुपैयाँ एम्बुलेन्स अभाव झेलिरहेको भोजपुरको टेम्केमैयुङ गाउँपालिकालाई हस्तान्तरण गरेका हुन्।
‘ठूलो सहयोग गर्न नसके पनि सामाजिक हितमा पहिलो प्रयास हो, यसमा अन्य सहयोगीले पनि हातेमालो गर्ने आशा गरेको छु', उनले भने, 'अरुको साथले मेरो गाउँमा एम्बुलेन्स ल्याउने सपना पूरा होस्।
आफ्नो जन्मथलो टेम्केमैयुङ गाउँपालिकाका नागरिकले एम्बुलेन्स अभावमा वर्षौँदेखि खेप्नुपरेको सास्ती हटाउन एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेको उनले बताए।
टेम्केमैयुङ गाउँपालिकाका सबै वडामा अझै पनि स्ट्रेचरबाटै बिरामी ओसारपसार गर्ने बाध्यता छ। दुई दशक लामो सांगीतिक यात्रा पूरा गरेका भीषणले सामाजिक काम पनि थालेका हुन्।
२१ औँ टुबोर्ग इमेज ‘उत्कृष्ट लोकगायन’ बाट सम्मानित मुकारूङले करिब ३ सय वटा गीतमा स्वर र संगीत भरेका छन्।
Shares
प्रतिक्रिया