गत शुक्रबारबाट नेपाली सिनेमा घरमा फिल्म ‘लाखे’ लागेको छ। फिल्म बारम्बार प्रदर्शन मिति पोस्पोन्ड गर्दै तेस्रोपटकको रिलिज डेटमा प्रदर्शन भयो। फिल्मले राम्रै दर्शक बटुल्ने निर्माण टिमको आशा थियो।
अघिल्लो साता नै प्रदर्शनमा आएको ‘महापुरुष’ले दर्शक तानिरहँदा ‘लाखे’ भने सुनसान देखिएको छ। यति मात्रै होइन, फिल्म निर्माण टिमका असन्तुष्टिहरु पनि बाहिरिन थालेका छन्।
फिल्मका नायक रोहित रुम्बाले निर्माताहरुको मनमुटावका कारण राम्रो फिल्म मरेको गुनासो गरेका छन्। उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै दुःख पोखेका हुन्।
उनले लेखेका छन्, ‘निर्माताहरूको मनमुटावले गर्दा राम्रो फिल्म किल भयो।’
उनको यो स्टाटसले फिल्मका निर्माताबिचमा ठूलै लफडा रहेको आशंका गरिएको छ। तथापि अहिलेसम्म निर्माता आफैंले भने कुनै प्रतिकृया दिएका छैनन्। फिल्म ‘लाखे’ले राम्रो एक्सनका रूपमा प्रशंसा बटुलिरहेको छ।
ठिक्कैको प्रतिकृया पाएर पनि लागे ले राम्रो ओपनिङ गर्न सकेन। अहिले पनि अपेक्षित दर्शक तान्न सकिरहेको छैन। फिल्म रिलिज भएको तेस्रो दिननै थुप्रै शो कटौती गरिएको छ।
ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर र औरिवन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा गणेश मल्ल ठकुरी (जीएम) को प्रस्तुति हरि मल्ल ठकुरी कार्यकारी निर्माता छन्।
यो फिल्ममा सौगात मल्ल, प्रशान्त ताम्राकार, आर्यन अधिकारी, वर्षा राउत, अनुपविक्रम शाहीलगायतका कलाकारले अभिनय गरेका छन्। फिल्म निर्देशन सम्राट बस्नेतले गरेका हुन्।
Shares

प्रतिक्रिया