कलाकार राजाराम पौडेललाई दिनमा निद्रा पर्दैन। दिउँसो निद्रा नपर्नुको पीडा उनले लामो यात्रामा भोग्ने गरेका छन्। उनीसँगै यात्रामा रहेका साथी निदाइरहेका हुन्छन्। उनी निउँन सक्दैनन्। बोल्ने साथी र निद्रा दुबै नहुँदा उनी यात्राभरी धेरै कुरा मनमा खेलाउँछन्।
कतिपय अवस्थामा भने यात्रामै सिर्जना पनि हुने गर्छ। नयाँ नयाँ क्रियसन भएको बेला भने यहि अनिद्राले खुशी दिने गरेको छ।
उनलाई निदाउँन रात नै पर्नु पर्छ। त्यसैले फिल्मबाट अफर आउँदा उनी सुरुमै सोध्छन् ‘रातीको सिन कत्तिको छ?’ नाइट सिन भएको फिल्ममा उनी काम गर्दैनन्। राती १० बजेसम्म काम गरेपनि त्यो पछि उनी का मगर्दैनन्।
उनलाई मधुमेह भएको छ। ऋाफ्नो स्वास्थ्यप्रति सचेत पौडेल बिहान भने ५ बजे उठ्छन्। बिहान चाँडै उठेपनि उनी मर्निङ वाकमा निस्कदैनन्। काठमाडौंको प्रदुषणका कारण मर्निङ वाकमा ननिस्कने गरेको उनी बताउँछन्।
उनलाई डाक्टरले पनि घरमै व्यायाम गर्नु वा ट्रेडमिलमा दौडनु भनेका छन्। उनी डाक्टरको सल्लाह मान्छन्। त्यसैले उनी हरेकदिन घरभित्रै सिढींहरू चढ्ने र ओर्लने गर्छन्। भन्छन् ‘मलाई निदाउन रात नै चाहिन्छ । हाँस्ने र हसाँउने कामले मलाई खुशी र तन्दुरुस्त राख्न सहयोग गरेको छ।’
प्रतिक्रिया