कला


प्रकाश दूतराज भन्छन्– घन्टौंसम्म बन्द कोठामा आफैंलाई थुनिदिन्छु...

प्रकाश दूतराज भन्छन्– घन्टौंसम्म बन्द कोठामा आफैंलाई थुनिदिन्छु...

तस्बिर : प्रकाश दूतराजकाे फेसबुकबाट।


नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार ७:५३, काठमाडौँ

अष्ट्रेलियामा रहेका गायक प्रकाश दूतराजले आत्महत्याको प्रयास गरेको समाचार प्रकाशित भएपछि उनले त्यसको खण्डन गरेका छन्। 

सोमबार उनले आत्महत्या प्रयास गरेका समाचारहरु बाहिरिएका थिए। त्यसको खण्डन गर्दै दूतराजले आफूले समाचारहरु पढेर केही अप्ठयारो महसुस गरेको बताएका छन्। सांगीतिक कार्यक्रममा सहभागी हुन अष्ट्रेलियामा छन्। 

उनले त्यसको खण्डन गर्दै सामाजिक सञ्जालमा भनिएको छ, ‘कहिले काहि हराई दिन्छु ,  यसै यसै। कहिले हरियाली पाखा परी, उकाली–ओराली चौतारी अनि देउरालीहरु सँगै। केही उजाड बगर, मरुभूमिहरू सँगै बालुवा झैं उडिदिन्छु।’

उनले आफूलाई अध्यारो कोठाभित्र घण्टौंसम्म आफैंलाई थुनिदिने सामाजिक सञ्जालमा लेखेका छन्। ‘कहिले समुन्द्रका छालहरुले अँगाल्दै गहिराईमा पुर्या ई डुबाई दिन्छन्,’ दूतराजले फेसबुकमार्फत भनेका छन्, ‘कहिले अँध्यारो बन्द कोठाभित्र घण्टौंसम्म आफैँलाई थुनिदिन्छु’

हजारौं कोशिस गर्दा पनि आफ्नो उक्त स्वभाव फेरिन नसकेको उनले बताए। 

‘यसलाई रोग भनु या मेरो विशेषता। यहि कारण पनि म आफूले आफैंलाई दुखि बनाउँछु। धेरै समाचारहरु हेरे, पढे अलिक अप्ठ्यारो असजिलो महसूस गरे। म केहि छिन हराउँनु म मर्नु हैन नि! बोली मधुरो पार्दै आमाले फोन गर्नु भएको थियो, सानो दु:खले जन्माएको हुर्काएको होईनौं नि तिमीहरुलाई। माया गर्नेहरुको आँशुले सराप्छ। कसरी मार्न सक्थें र यो शरीरलाई। गलत बुझाई तथा सुचनाको आधारमा प्रकाशित समाचारहरुले मलाई माया गर्नुहुने सदा आशीर्वाद दिनुहुने हजुरहरु सबै–सबैमा पर्न गएको असर प्रति क्षमा माग्दछु।’ उनले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad