बलिउड अभिनेत्री आलिया भट्ट ‘गंगुबाई काठियावाडी’ चलचित्रमा निर्वाह गरेको भूमिकामा कारण निक्कै चर्चामा छिन्। उनी मलेसियामा गंगुबाईको क्यारेक्टरको गेटअपमा र्याम्प वाकमा देखा परिन्।
सेतो सारी र रातो ठूलो बिन्दी, घुमाउरो कपाल र त्यसमा गुलाबको फूल लगाएर र्याम्पमा सहभागी भएकी आलियाको शैलीको निकै चर्चा भइरहेको छ।

फिल्म रिलिज भएको महिनौं भयो। तर आलियाको त्यो फिल्मको लुक्सको चर्चा भने सेलाएको छैन। त्यसैले मलेसियामा भएको ‘नर्दन हट कोचर फेसन शो २०२२’ मा आलियाको गंगुबाई लुक प्रस्तुत गरिएको थियो।
यो फेसन शोमा अन्य थुप्रै मोडलले पनि गंगुबाईको आइकोनिक लुकका लागि र्याम्प वाक गरेका थिए।
162
Shares

प्रतिक्रिया