अहिले हिट भैरहेको फिल्म ‘महापुरुष’ प्रदीप भट्टराई र रवीन्द्र सिंह बाँनियाको पछिल्लो सहकार्य हो। यो हिट सहकार्यपछि यो जोडी अर्को हिट फिल्म ‘जात्रा’को तेस्रो सिक्वेलको तयारीमा लागेको छ।
‘जात्रा’, ‘जात्रैजात्रा’मा पनि सहकार्य गरेका गरेका प्रदीप–रवीन्द्रले ‘महाजात्रा’ निर्माणको तयारी थालेका हुन्। षट्कोण आर्ट्सको पाँचौं प्रोजेक्टका रुपमा ‘महाजात्रा’ निर्माण हुने भएको छ।
‘महाजात्रा’मा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहनेछ। फिल्ममा लगानी रविन्द्रसिंह बानियाँले गर्नेछन्। ‘महाजात्रा’ सन २०१६ मा बनेको जात्रा तथा सन् २०१९ मा बनेको ‘जात्रैजात्रा’को सिक्वेल हो।
सबै फिल्ममा सफल ठहरिएका प्रदीप ‘महाजात्रा’ अझैं राम्रो बनाउनु पर्ने दवाबमा छन्। त्यहि अनुसारको मेहनत गरिरहेको प्रदीप बताउँछन्।
51
Shares

प्रतिक्रिया