टेलिभिजन रियालिटी शो ‘बुगीबुगी’ विजेता कविता नेपालीको ट्रेडमिल नृत्य भाइरल भैरहेको छ। उनले ट्रेडमिलमा गरेको डान्स भिडिओ टिकटकमा भाइरल भैरहेको छ। नेपालीको उक्त भिडिओलाई टिकटकमा डेढ करोडभन्दा धेरैले हेरिसकेका छन्।
नेपालीको ट्रेडमिल डान्सले नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चा पाइरहेको छ। देश तथा विदेशका थुप्रै टिकटक प्रयोगकर्ताले उनको ट्रेडमिल डान्सलाई कमेडी भर्सनमा पछ्याइरहेका छन्।
चर्चित डान्सर कविता नेपाली ‘बुगीबुगी’ पहिलो सिजनकी विजेता त्यसयता झनै लोकप्रिय भएकी हुन्। ‘बुगीबुगी’को पहिलो सिजन २०७५ सालमा भएको थियो।
भिडिओ
@kabita_nepali Dancer doing treadmill be like 🫣😎 #fyp#kabitanepali#dancersoftiktok #belike ♬ original sound - Sanzida Rehman
990
Shares

प्रतिक्रिया