कला


आजबाट एप्लिकेशनबाटै पैसा तिरेर कबड्डी ४ हेर्न मिल्ने

आजबाट एप्लिकेशनबाटै पैसा तिरेर कबड्डी ४ हेर्न मिल्ने

फाइल तस्बिर


नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार ८:२७, काठमाडौँ

नेपाली चलचित्र कबड्डी ४ 'सिनेमा घर' एप्लिकेशनबाट हेर्न मिल्ने भएको छ।

बिहीवार सिनेमा घर एपका सञ्चलकहरु र कबड्डी ४ का निर्माताहरुले अनलाइन प्लेटफर्मबाट चलचित्र प्रदर्शन गर्ने बताएका हुन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता एवं सिनेमा घर एपका सञ्चलक खगेन्द्र लामिछानेले नेपाली सिनेमाको प्रोत्साहन र विकासका लागि अनलाइन प्लेटफर्म अनिवार्य भएको बताए। 

‘एप्लिकेशनमा पैसा तिरेर फिल्म हेर्ने बानी विकास भइरहेको छ। त्यो क्रम दिनदिनै बढीरहेको छ। हालै हामीले जय भोले र रातो टिका निधारमा रिलिज गरेका थियौँ। त्यसले राम्रो नै पर्फमेन्स गर्‍यो,’ उनले भने, ‘युट्युबबाट भन्दा धेरै पैसा जम्मा गर्‍यो। लामो समयसम्म एप्लिकेशनमा फिल्म राख्दा पहिला भएको फिल्महरुको एडिसनहरु आउँछ। अहिले हामी कबड्डी रिलिज गर्दैछौँ।’

उनले एप्लिकेशनमा पैसा तिरेर फिल्म हेर्ने बानी नेपालमा बिस्तारै विकास भइसकोको बताए। अभिनेता लामिछानेले सिनेमा घर एपमा जय भोले र रातो टिका निधारमा लगायतका चलचित्रहरु राखिसकेको र चलचित्रहरुले युट्युबमा कमाउने भन्दा राम्रो पैसा कमाएको बताए।

उनले नेपालीहरुमा पैसा तिरेर फिल्म हेर्ने बानी बसाल्न पनि एप्लिकेशनबाट सहयोग पुगेको बताए।

‘थोरै भएपनि पैसा तिरेर हेर्दा त्यसले नेपाली सिनेमाको श्रीवृद्धिमा नै राम्रो भुमिका खेल्छ। त्यसैले पनि नेपाली फिल्महरुको प्रोत्साहन गर्नुपर्छ। पैसा तिरेर फिल्म हेर्ने बानी बसाल्नुपर्छ,’ उनले भने, ‘रेभीन्यूको हिसावले युट्युबभन्दा माथि आइसकेको छ, हाम्रो एप्लिकेशन, नेपाली सिनेमाको लागि डिजिटिल मार्केट, अबको ४ वर्षपछि नेपाली सिनेमा बन्ने पैसाको लगभग ५० प्रतिशत संकलन गर्न सक्छौँ।’

अभिनेता लामिछानेले नेपाली सिनेमाको लागि डिजिटिल मार्केटबाट अबको ४ वर्षपछि नेपाली सिनेमा निर्माण हुने रकमको लगभग ५० प्रतिशत संकलन गर्न सकिने बताए। सिनेमा घर एपमा चलचित्र कबड्डी ४ आजबाट चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad