कला


‘उचाइँ’को गीतमा नेपाली दर्शक हलमै नाचेपछि अनुपम खेर खुसी (भिडिओ)

‘उचाइँ’को गीतमा नेपाली दर्शक हलमै नाचेपछि अनुपम खेर खुसी (भिडिओ)

नेपालखबर
मंसिर १, २०७९ बिहिबार १२:५३, काठमाडौँ

बलिउड फिल्म ‘उचाइँ’ नेपालमा पनि प्रदर्शन भइरहेको छ। नेपालमा पनि छायांकन भएको ‘उचाइँ’ केही दिनअघि नेपालमा भीआईपी शो सम्पन्न भयो।

काठमाडौंको नयाँबानेश्वरस्थित वान सिनेमाजमा भएको शोमा दर्शक फिल्मको गीत बज्दा हलमै उठेर नाचे।

फिल्मको ‘केटी को’ बोलको गीतमा ढाका टोपी लगाएर हल पुगेका दर्शक उठेर नाचेका हुन्। जसको भिडिओ सामाजिक सञ्जालमा निकै रुचाइयो।

उक्त भिडिओ हेरेर बलिउड अभिनेता अनुपम खेर निकै खुसी भएका छन्। उनले सामाजिक सञ्जालमा उक्त भिडिओ सेयर गर्दै खुसी व्यक्त गरेका छन्। उनले नेपाली दर्शकप्रति कृतज्ञता व्यक्त गरेका छन्।

हेर्नुहोस् ‘उचाइँ’को गीतमा हलभित्रै नेपाली दर्शक नाचेको भिडिओ

फिल्म ‘उचाइँ’ सुरज बडजात्याले निर्देशन गरेको फिल्म हो। फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, डेनी डेन्जोङ्पा, निना गुप्ता, परिणिती चोपडा लगायतका कलाकारले शीर्ष भूमिका निर्वाह गरेका छन्। फिल्मले नेपालमा पनि राम्रो व्यापार गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad