निर्माता छविराज ओझा ४ वर्षपछि फिल्म निर्माणमा फर्किने भएका छन्।
नेपाली फिल्म उद्योगका बाघ निर्माता भनेर चिनिएका ओझाले हिजो आफ्नो जन्मदिन मनाउँने क्रममा ‘जेलब्रेक’ मार्फत निर्माणमा कमब्याकको तयारीमा रहेको बताए।
यो फिल्म सशस्त्र युद्धको क्रममा जेलब्रेक गरेकी माओवादी लडाकु उमा भुजेलको कथामा बन्नेछ। फिल्मलाई पछिल्लो पटक ‘झिंगेदाउ’ निर्देशन गरेका ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने छन्।
फिल्मको पटकथा लेख्ने काम सुरु भएको निर्माता ओझाले बताए। बायोपिक जनरामा बन्ने यो फिल्म भुजेलको पुस्तक ‘जेलब्रेक’माथि आधारित रहेर निर्माण हुने छ।
ओझा राजेश हमाललाई फिल्म उद्योगमा ब्रेक दिने निर्माता हुन् । उनले फिल्म ‘युगदेखि युगसम्म’मा मार्फत हमाललाई रजतपटमा डेब्यु गराएका थिए।
मंसिर ८, २०७९, बिहीबार
3.0k
Shares
प्रतिक्रिया