नेपाली फिल्म ‘सरी मम’को टिजर सार्वजनिक गरिएको छ। लागुऔषधविरुद्ध सन्देश दिने फिल्मको टिजर फिल्मकी शीर्ष कलाकार सरिता लामिछानेको जन्मदिन पारेर सार्वजनिक गरिएको हो।
सार्वजनिक टिजरमा दुर्व्यसनमा परेपछि उत्पन्न हुने परिस्थिति, त्यसले व्यक्ति र परिवारलाई पार्ने असरलाई देखाउन खोजिएको छ।
फिल्म विनोद लामाले निर्माण गरेका हुन्। मंसिर २९ गतेदेखि अल नेपाल रिलिजको तयारीमा रहेको यो फिल्म नवीन बोगटीले निर्देशन गरेका हुन्।
सरिताका साथमा फिल्ममा सरोज खनाल, एलिश राई, प्रभात पल, प्रेविल कँडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईंलगायत कलाकार शीर्ष भूमिकामा देखिने छन्।
दीर्घ गुरुङले छायांकन गरेको फिल्मको दृश्य सम्पादन प्रितम पाण्डेले गरेका छन्। आयुष बुढाथोकी र सरोज पौडेलले कथा लेखनमा सहकार्य गरेको फिल्मको विभिन्न स्थानमा च्यारिटी शो गरिएको थियो।
Shares
प्रतिक्रिया