ad ad

कला


राजेशपायल राईले पहिलोपटक देखाए छोरा

राजेशपायल राईले पहिलोपटक देखाए छोरा

राजेशपायल राईले सामाजिक सञ्जालमा राखेको छोरासहितको तस्बिर


नेपालखबर
मंसिर १५, २०७९ बिहिबार १७:२, काठमाडौँ

गायक राजेशपायल राईले पहिलोपटक छोराको तस्बिर सार्वजनिक गरेका छन्।

गायक राईले छोराको पास्नी गरेको तस्बिर सामाजिक सञ्जालमा राखेका हुन्। जहाँ उनको छोराको नाम लेखिएको छ– सायारेम।

अविवाहित राजेशपायल राईलाई पुत्रलाभ भएको खबर सञ्चारमाध्यमले सार्वजनिक गरे पनि उनले यसबारे केही बोलेका थिएनन्। 

अहिले भने उनले छोराको भात खुवाइको तस्बिर सार्वजनिक गरेका हुन्।

गायक राईले लेखेका छन्,  ‘फर्स्ट राइस फिडिङ (पहिलो भात खुवाइ), याने कि पास्नी। दिदी राइसासँग सायारेम।’

जसमा धेरै जनाले बधाई तथा शुभकामना भनेका छन्। 

गायक राईसँग लिभिङ टुगेदरमा बसेकी सङबुङ राईबाट उनलाई पुत्रलाभ भएको हो। सङबुङले भने टिकटकबाट राजेशपायल र छोराको भिडिओ तथा तस्बिर यसअघि नै सार्वजनिक गरिसकेकी छन्।

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .