अभिनेता अनमोल केसीको फिल्म ‘छड्के २’ छायांकनकै क्रममा पाइरेसीको सिकार भएको छ।
फिल्मको क्लाइमेक्स सिन पाइरेसी भएको हो। टिकटक ट्रेन्ड नेपालबाट पाइरेसी भएको फिल्मको दृश्य मोबाइलबाट खिचेर हालिएको छ। टिकटकमा पनि फिल्मको उक्त क्लाइमेक्स दृश्य भाइरल भएको छ।
निगम श्रेष्ठले निर्देशन गरेको फिल्म आगामी फागुन १९ गतेबाट रिलिजको तयारीका साथ छायांकन भैरहेको छ। फिल्ममा अनमोल केसीको गेटअप, उनको बोल्ने शैलीदेखि क्लाइमेक्समा के हुन्छ भन्ने दृश्य सार्वजनिक भएको छ।
60
Shares
प्रतिक्रिया