ad ad

कला


करिअर जोगाउने कसरतमा वर्षा

करिअर जोगाउने कसरतमा वर्षा

नेपालखबर
मंसिर १८, २०७९ आइतबार १६:५५, काठमाडौँ

अभिनेत्री वर्षा शिवाकोटीको नाम चर्चित छ। तर उनले अभिनय गरेका फिल्म उनको नाम जति चर्चित छैनन्। फिल्म उद्योगमा फस्टाउन नसकिरहेकै बेला यही वर्ष विवाह गरिन्।

अमेरिकामा बस्दै आएका युवासँग विवाह गरेकी वर्षाको वैवाहिक जीवन पनि छोटै समयमै चिसियो। विवाहपछि अमेरिकानै जाने योजना सुनाइरहेकी वर्षा अमेरिका गएर पनि धेरै बस्न सकिनन्। 

विवाहको केही महिनापछि अमेरिका गएर नेपाल फर्किएपछि श्रीमानलाई सामाजिक सञ्जालमा अनफलो गरिन्। त्यसपछि उनकी आमाले पनि ज्वाइँलाई अनफलो गरिन्। एकले अर्काका फोटा सामाजिक सञ्जलमबाट हटाए।

गोप्य विवाह गरेकी वर्षा सम्बन्ध बिग्रिएको खबरमा पनि मौन रहेकी छन्। बजारमा वर्षाको जोडी सम्बन्ध विच्छेदको तयारीमा रहेको चर्चा सुरु भएको छ। 

वर्षा चाहिँ यतिबेला फिल्ममा फर्किने कसरतमा छन्। फिल्ममा फर्किनका लागि वर्षा हिजोआज बक्सिङ सिकिरहेकी छन्। बिहे गरेर फिल्म छोड्ने सोच बनाएकी वर्षा अब भने फिल्ममै करिअर बलियो बनाउने दौडमा छन्। 

वर्षाले अभिनय गरेका ‘मनसँग मन’, ‘परदेशी २’ लगायतका केही फिल्म प्रदर्शनको तयारीमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .