ad ad

कला


साम्राज्ञीको ‘जोश र जवानी’ (भिडिओ)

साम्राज्ञीको ‘जोश र जवानी’ (भिडिओ)

नेपालखबर
मंसिर २३, २०७९ शुक्रबार ११:३२, काठमाडौँ

साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर सिनेमा ‘तिम्रो मेरो साथ’को दोस्रो गीत सार्वजनिक गरिएको छ। 

‘जोश छ जवानी’को बोलको गीतमा साम्राज्ञीको ग्ल्यामर अन्दाज देख्न सकिन्छ। साम्राज्ञीको पार्टी मुडमा कलाकार पुष्प र सन्दीप क्षेत्रीले साथ दिएका छन्। यस क्लब गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्। 

योगेश काजी शाहको संगीत रहेको गीतमा रमेश एमके पौडेलको शब्द रचना र योगेश काजी शाहरसारिका घिमिरेको स्वर छ। 

रमेश एमके पौडेलको निर्माण र निर्देशन रहेको सिनेमामा सबिर श्रेष्ठको कार्यकारी निर्माण तथा लेखन छ। 

पुष्प, साम्राज्ञी र सन्दीपसँगै सिनेमामा इमिली लामा, सरोज खनाल, खड्का बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारको अभिनय छ। 

शिव ढकालले छायांकन गरेको सिनेमामा सुवाष भुसाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भूपेन्द्र अधिकारीको सम्पादन छ। 

पुस २९ मा रिलिज हुने सिनेमामा पासाङ लामा, अर्नव पौडेल, आर्यन पौडेलको निर्माण र नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल, सुधीर पराजुलीको सहनिर्माण छ। 

प्रेम कथानक सिनेमाको टिजर र ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीत सार्वजनिक भइसकेका छन्। प्रचारका उक्त सामग्रीको सफलताले ‘तिम्रो मेरो साथ’को चर्चा चुलिँदै गएको छ। साम्राज्ञी र पुष्पले चर्चित सिनेमा ‘मारुनी’पछि सँगै काम गरेका हुन्।

हेर्नुहोस् गीतको भिडिओ–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .