हरर थ्रिलर सिनेमा ‘चिँ मुसी चिँ इभन डेड डिजायर बिलोङ्गिङ’को अफिसियल टिजर रिलिज भएको छ। संवादविहीन १ मिनेट २३ सेकेन्डको टिजरमा कलाकारको मुभमेन्ट र पार्श्व संगीतले दर्शकमाझ कौतूहल, डर र उत्सुक्ता पैदा गर्न सफल छ।
सोमबार सार्वजनिक टिजरले दर्शकको विश्वास जित्ने अपेक्षा निर्माण टिमको छ। नेपालमा उच्च कोटीको हरर सिनेमा हेर्ने दर्शकको चाहना सिनेमाले पूरा गर्ने अपेक्षा निर्माण टिमको छ। आफूहरुले त्यहीअनुसार नै स्टोरी, छायांकन र पोस्टप्रोडक्सनको काम गरेको प्रस्तुतकर्ता अरुण चक्रवर्ती बताउँछन्।
एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको हरर थ्रिलर जनराको सिनेमाको सार्वजनिक टिजरमा सिनेमाका मुख्य कलाकार प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रवीन्द्र झा, गौरव विष्टलगायतका कलाकारलाई स्थान दिइएको छ। सिनेमाले नेपालमा हरर तथा थ्रिलरको ट्रेन्ड स्थापित गर्ने निर्माण टिमको विश्वास छ।
सिनेमाको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन्। सिनेमा नेपाली र बलिउड प्राविधिकको समिश्रणमा निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने छन्। सिनेमामा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रवर्ती लगानी गरेका हुन्।
हेर्नुहोस् टिजर
Shares

प्रतिक्रिया