कला


मोटा महिलाको सौन्दर्य प्रतियोगिता ‘प्लस साइज मोडल नेपाल’का लागि आवेदन खुल्यो

मोटा महिलाको सौन्दर्य प्रतियोगिता ‘प्लस साइज मोडल नेपाल’का लागि आवेदन खुल्यो

नेपालखबर
मंसिर २७, २०७९ मंगलबार ९:४६, काठमाडौँ

मोटोपना भएका युवतीलाई लक्ष्य गरी ‘प्लस साइज मोडल नेपाल’ सौन्दर्य प्रतियोगिता हुँदै छ। मोडल सङ्स नेपालले आयोजना गरिरहेको प्रतियोगिताको यो चौथो संस्करण हो। वुमनियाको प्रस्तुतिमा आयोजक मोडल सङ्स नेपालले ‘प्लस साइज मोडल नेपाल २०२३’ का लागि आवेदन खुला गरेको छ। 

प्रतियोगितामा १६ देखि ४० वर्षसम्मका विवाहित तथा अविवाहित युवती/महिलाले भाग लिन पाउने छन्। प्रतियोगितामा सहभागिताका लागि ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रूपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान रहेको आयोजकले जनाएको छ। 

मोडल सङ्स नेपालको आयोजनामा सञ्चालित प्रतियोगिता देशभर छरिएर रहेका प्लस साईज युवती/महिलालाई अन्तर्राष्ट्रिय स्तरको तालिम प्रदान गरी देश तथा विदेशमा मोडलिङ सम्बद्ध विभिन्न अवसर प्रदान गर्न अब्बल साबित भएको आयोजक संस्थाकी इभेन्ट म्यनेजर स्वस्ती दंगालले जनाएकी छन्। 

यसै संस्थाले नेपालमै पहिलोपटक मोटोपना भएका युवाका लागि ‘मिस्टर प्लस साइज नेपाल’को समेत आयोजना गरिरहेको छ। 

राष्ट्रिय नाचघर जमलमा पुस ९ गते शनिबार (डिसेम्बर २४)  हुने अडिसनबाट छनोट हुने प्रतियोगीलाई अन्तिम स्पर्धाका लागि प्रशिक्षण दिइनेछ। मोटोपनाका कारण हिनताबोध भएका युवतीलाई प्रोत्साहन गर्न र उनीहरूको क्षमता अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको ‘प्लस साइज मोडल नेपाल २०२३’ मा नेपालका फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी रहने छ। 

चौथो संस्करणसम्म आइपुग्दा प्रतियोगिताले प्लस साइज युवती/महिलालाई उत्कृष्ट प्रशिक्षण दिई दर्जनौँ व्यावसायिक मोडल उत्पादन गर्न सफल प्रतियोगितासँग आफू जोडिन पाउँदा खुसी लागेको वुमनियाकी सञ्चालिका प्रियंका बोथ्राले जनाइन्।

साथै प्लस साइज (मोटोपन) भएर निराश भई बसेका, सौन्दर्य र क्षमता भएर पनि सधैँ पछि परेका अनि आफ्नो मोटोपनाले गर्दा आफूलाई एक्सपोज गर्न डराइरहेका महिलालाई प्रतियोगितामा सहभागी हुन बोथ्राले आह्वान गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad