यही पुस १५ देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा फिल्मका शीर्ष कलाकार आर्यन सिग्देल र उपासना सिंह ठकुरीको प्रेम प्रस्तुत गरिएको छ। फिल्ममा एक नर्सको जीवन कथालाई केन्द्रमा राखिएको छ। नर्सको भूमिकामा उपासना देखिएकी छन्।
सार्वजनिक फिल्मको ट्रेलरमा आर्यन र उपासनाको रोमान्स, उमेर अन्तरका कारण आउने समस्या, उपासनाका लागि आर्यनको लडाइँलाई प्राथमिकताका साथ देखाइएको छ। यो जोडीका साथमा फिल्ममा शिवहरि पौडेल, नागेन्द्र रिजाल, सलोन बस्नेत, नरेश भट्टराई, शिशिर राणा, गीता अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन्।
रामप्रसाद रिजालको प्रस्तुति तथा निर्माणमा तयार भएको फिल्मका निर्माता रामकुमार भट्ट हुन्। फिल्ममा दीपक शर्मा, कोसिस क्षेत्री, सुशान्त गौतम र प्रतीक पौडेलको संगीत सुन्न सकिन्छ। महेश गुप्ताको छायांकन, विपिका खनालको कथा, श्री श्रेष्ठको एक्सन रहेको फिल्मको दृश्य सम्पादन बनिष शाहले गरेका हुन्।
प्रवीण झाले निर्देशन गरेको यो फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।
हेर्नुहोस् भिडिओ
Shares

प्रतिक्रिया