ad ad

कला


फरक भूमिका रुचाउने विपिन

फरक भूमिका रुचाउने विपिन

विपिन कार्की


नेपालखबर
पुस ५, २०७९ मंगलबार १०:२७, काठमाडौँ

अभिनेता विपिन कार्की आफ्ना चरित्रमार्फत चिनिन्छन्। लुट, छड्के, पशुपतिप्रसाद, नाका, हरिलगायतमा उनले निर्वाह गरेको चरित्रले पहिचान बनायो। फिल्म ‘जात्रा’पश्चात मात्र दर्शकले चिन्न थाले तापनि जात्रैजात्रा, प्रसाद, सेल्फी किङमार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै ठूलो पर्दामा स्थापित भएका हुन्। 

उनी हरेक फिल्ममा आफूलाई पात्रमार्फत चिनाउन प्रयास गर्छन्।  ‘जात्रा’ सिरिजमा अभिनेत्री वर्षा राउतका श्रीमानको भूमिका निर्वाह गरेका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव स्वीकार गरे। यद्यपि निर्देशक दीपेन्द्रकुमार खनालले श्रीमान्‌कै भूमिकमा ल्याए। उक्त भूमिकालाई अभिनेता कार्कीले ‘फूलबारी’ मा प्रयोग गरे। फिल्ममा उनी अवकाशप्राप्त शिक्षकको भूमिकामा छन्। 

उनी वास्तविक उमेरभन्दा बढी देखिएका छन्। प्रायः अभिनेताले उमेरभन्दा बढीको भूमिका नकार्ने गर्छन्। ‘म चरित्र बाँच्ने कोसिस गर्छु। त्यहाँ म पात्र हुँ। मैले सहजै भूमिका स्वीकार्ने गर्छु’, अभिनेता कार्कीले भने, ‘निर्देशकहरू दर्शकको भावना, मेकअप आर्टिस्टको कामले गर्दा पनि फरक गेटअप दिन रुचाएको पाउँदिनँ। यद्यपि म भने फरक रूपमै आफूलाई प्रस्तुत गर्न चाहन्छु।’ 

उनी फिल्ममा दयाहङ राईको समेत अभिभावक बनेका छन्। प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझै पर्दामा ल्याउन नसकेको उनको गुनासो छ। 

अभिनेता राई अभिनेता कार्कीको चरित्र निर्माण र त्यसमा बिताउने समयदेखि प्रभावित छन्। ‘हामीले केही फिल्ममा सँगै काम गरेका छौँ। उनको चरित्रप्रतिको गम्भीरता र निर्माणमा गरेको मेहेनतले मजस्तो कलाकारलाई ऊर्जा दिन्छ’, अभिनेता राईले भने। अभिनेता राई र कार्कीले लुट सिरिज, जात्रैजात्रा र के घर के डेरामा सँगै काम गरेका छन्। उनी दुई अभिनित पछिल्लो फिल्म ‘फूलबारी’ आउँदो फागुन ५ गते प्रदर्शन हुँदै छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .