कला


त्यो बेला बच्चै थिइन् साम्राज्ञी

त्यो बेला बच्चै थिइन् साम्राज्ञी

नेपालखबर
पुस ६, २०७९ बुधबार १०:२६, काठमाडौँ

डेब्यु फिल्मबाटै सफलताको स्वाद चाखेकी अभिनेत्री हुन् - साम्राज्ञी राज्यलक्ष्मी शाह। अनमोल केसीसँग स्क्रिन सेयर गर्दै ‘ड्रिम्स’बाट रजतपटमा उदाएकी साम्राज्ञीको उद्योगमा बेग्लै शान छ। 

पहिलो फिल्मबाटै सफलता पाएकी उनले त्यसपछि पछाडि फर्कनु परेन। उद्योगमा उनका फिल्म केही औसत चले, केही ब्लकबस्टर भए। उनले अनमोल केसीदेखि सलिनमान बनियाँसम्मका कलाकारसँग काम गरिन्। साम्राज्ञी आफूलाई नायकले स्टार नबनाएको बरु नायकलाई आफूले स्टार बनाएको तर्क गर्छिन्। 

फिल्म ‘इन्टु मिन्टु लन्डनमा’को प्रमोसनका क्रममा उनले आफूले स्टार जन्माएको तर्क गरेकी हुन्।

त्यसताका उनको यो भनाइलाई कतिले गसिप बनाए, कतिले आलोचना गरे। यो आफ्नै भनाइ अहिले आएर साम्राज्ञीलाई भारी परेको छ। 

साम्राज्ञी यतिबेला नयाँ फिल्म ‘तिम्रो मेरो साथ’को प्रमोसनमा छिन्। पुरानो फिल्म प्रमोसनका क्रममा बोलेको कुरा नयाँ फिल्म प्रमोसनमा आइपुग्दा साम्राज्ञीले फिर्ता लिएकी छन्।

उनले पुरानो कुरा सम्झिँदै त्यो बेला आफू बच्चै रहेको बताइन्। भनिन्, ‘मैले त्यत्रो ठूलो कुरा गरेँ र! ओ हो! त्यो बेलामा म सानै थिएँ। यसैले के के भनेँ होला? तर, अहिले मलाई यो कुरा यादै छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad