बलिउडका चर्चित अभिनेता हुन् - अक्षय कुमार। उनकी श्रीमती ट्विंकल खन्नाको आज जन्मदिन हो। यस अवसरमा अक्षय कुमारले एउटा भिडिओ पोस्ट गर्दै ट्विंकललाई जन्मदिनको शुभकामना दिएका छन्।

भिडिओमा ट्विंकल खन्ना नाचिरहेकी छन्। उनी गाउँदै पनि छिन्। उनको यो नृत्य हेरेर मानिसहरु हाँस्न सक्छन्।
अक्षयले भिडिओको क्याप्सनमा लेखेका छन्, ‘म तिमीलाई र तिम्रो पागलपन हरेक दिन देख्न पाउँदा खुसी छु। तर म तिमीलाई जति माया गर्छु, मलाई साँच्चै लाग्छ कि तिमीले गीत गाउन बन्द गर्नुपर्छ। जन्मदिनको शुभकामना टिना।’
हेर्नुहोस् ट्विंकलको डान्स
उनले यो पोस्टमा हाँसेको र मुटुको इमोजी पनि सेयर गरेका छन्। यो पोस्टमा ट्विंकल खन्नाको कुनै प्रतिक्रिया नआए पनि फ्यानहरुले भने निरन्तर कमेन्ट गरिरहेका छन्। उनले सेयर गरेको भिडिओमा कतिपयले खिल्ली उडाएका छन् भने धेरैले शुभकामना दिएका छन्।
ट्विंकल खन्ना लामो समयदेखि फिल्मबाट टाढा छिन्। अहिले उनी लेखिकाका रुपमा स्थापित छिन्। अक्षय कुमार बलिउडमा सक्रिय अभिनय गरिरहेका छन्। उनी दर्शकको अत्यधिक रोजाइमा पर्ने अभिनेता हुन्।

Shares

प्रतिक्रिया