विराट कोहली र अनुष्का शर्माले दुबई पुगेर नयाँ वर्ष मनाएका छन्। दुबैले सामाजिक सञ्जालमा आफूले नयाँ वर्ष सेलिब्रेट गरेका तस्बिर सार्वजनिक गरेका छन्।
कोलो पहिरमा नयाँ वर्ष मनाउँन पुगेकी अनुष्कालाई सेतो पहिरनका साथ विराटले साथ दिएका थिए। अनुष्का कालो पहिरनमा निक्कै सुन्दर देखिएको भनेर प्रशंसा भैरहेको छ।
यसअघि विराट–अनुष्काले ३१ डिसेम्बरको साँझको फोटो पनि सेयर गरेका थिए। यो तस्बिरमा दुवै छोरीसँग उदाउँदो सूर्यलाई हेरिरहेका थिए। अनुष्का र विराटले डिसेम्बर २०२२ मा आफ्नो विवाहको पाँचौं वार्षिकोत्सव मनाएका छन्। उनीहरु २०१७ मा विवाह बन्धनमा बाँधिएका थिए।

अनुष्का कालो पोशाकमा सधैं झैं सुन्दर देखिइन्। पहिलो तस्बिरमा विराट र अनुष्का रेस्टुरेन्टमा बसेका देखिएका देखिन्छन्। उनीहरुले एकअकर्काको हात समातेर माया दर्शाएका छन्। यो क्रममा उनीहरु निक्कै खुशी देखिएका छन्।
दोस्रो तस्बिरमा, दुबै मैनबत्तीले सजाइएको ठूलो सिसाको झ्याल नजिकै देखिन्छन्। पृष्ठभूमिमा गगनचुम्बी भवनहरू देख्न सकिन्छ। दुवैजना परफेक्ट कपलको रुपमा एकअर्काको पूरक देखिएका छन्।
अनुष्का र विराटले ३ वर्ष लामो डेटपछि सन् २०१७ मा विवाह गरेका थिए। अनुष्काले सन् २०२१ मा छोरी वामिकालाई जन्म दिएकी थिइन्। आमा बनेपछि अनुष्का फिल्ममा देखिएकी छैनन्। उनी फिल्म ‘चकडा’ मार्फत फिल्ममा फर्किने तयारीमा छिन्।
Shares

प्रतिक्रिया