कला


जब सोनु सुद रेलको ढोकामा झुन्डिए (भिडिओ)

जब सोनु सुद रेलको ढोकामा झुन्डिए (भिडिओ)

नेपालखबर
पुस २१, २०७९ बिहिबार ११:१३, काठमाडौँ

बलिउड अभिनेता सोनु सुदले डिसेम्बर १३ का दिन ट्विटर र फेसबुकमा एउटा भिडिओ सेयर गरे। ब्याकग्राउन्डमा बलिउडको चर्चित गीत ‘मुसाफिर हूं यारों’ बजिरहेको थियो। जहाँ सोनु रेलको फुटबोर्डमा बसेर यात्रा गरिरहेका देखिन्छन्। 

उनको यो भिडिओ सार्वजनिक भएपछि रेलवेले जनवरी ४ मा चेतावनी दिएको छ। उनलाई यो यात्राको विषयमा रेलवेले गाली गरेको छ। यो यात्रा खतरनाक हुनसक्ने रेलवेले जनाएको छ। सोनुको यो हर्कतले जनतामा गलत सन्देश जाने बताइएको छ। 

रेलवेले सुदलाई रोल मोडल भनेको छ।

उत्तरी रेलवेले जनवरी ४ मा सुदको ट्विट रिट्विट गर्दै भनेको छ, ‘प्रिय सोनु, तपाईं देश र विश्वका करोडौं मानिसका लागि रोल मोडल हुनुहुन्छ। ट्रेनको पाइलामा यात्रा गर्नु खतरनाक छ। यस प्रकारको भिडिओले तपाईंका प्रशंसकहरूलाई गलत सन्देश जान सक्छ। कृपया यस्तो नगर्नुहोस्। सहज र सुरक्षित यात्राको आनन्द लिनुहोस्।’

सोनुको यो भिडिओ ट्विटरमा ६ लाखभन्दा बढी जनाले हेरिसकेका छन्। सयौंले रिट्विट गरेका छन्। फेसबुकमा यो भिडिओ २ लाखभन्दा बढी जनाले हेरेका छन्।  ४ हजारभन्दा बढी जनाले कमेन्ट गरेका छन्। कतिपयले उनलाई कमेन्टमा सावधान रहन भनेका छन्।  

हेर्नुहोस् भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .