कला


अनमोलको ‘छड्के २’मा भिटेनको र्‍याप

अनमोलको ‘छड्के २’मा भिटेनको र्‍याप

नेपालखबर
पुस २८, २०७९ बिहिबार ८:२०, काठमाडौँ

चर्चाको केन्द्रमा रहेको नेपाली फिल्म ‘छड्के २’को गीत रेकर्ड भएको छ। आगामी फागुन १९ लाई प्रदर्शन मिति लिएको अनमोल स्टारर ‘छड्के २’को गीतमा र्‍यापर भिटेनले स्वर दिएका छन्। 

बुधबार काठमाडौंको एक स्टुडियोमा रेकर्ड गरिएको सिनेमाको गीतमा भिटेनले स्वर भरेका हुन्। उक्त गीतमा शब्द तथा संगीत पनि भिटेनकै छ। 

कथा सुहाउँदो भएकै कारण आफूहरुले भिटेनको गीत फिल्ममा समावेश गरेको निर्माता प्रशान्त गिरीले बताए। अनमोल केसीको मुख्य भूमिका रहेको यो फिल्म पोस्टर सार्वजनिक भएसँगै चर्चाको केन्द्रमा छ।

ग्याङस्टर जनरामा निर्माण भएको फिल्ममा अनमोलको भिन्न लूक्स देख्न सकिन्छ। निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर शिर्ष भूमिकामा देखिने छन्।

फिल्म चितवन र मुस्ताङमा छायांकन गरिएको छ। काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन्। फिल्म निर्माणमा प्रशान्त गिरी र देवकुमार श्रेष्ठले सहकार्य गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad