कला


नेपाली गहना र पहिरनमा अभिनेत्री मलाइकाको र्‍याम्प वाक

नेपाली गहना र पहिरनमा अभिनेत्री मलाइकाको र्‍याम्प वाक

नेपाली पोशाक र गहनामा र्‍याम्प वाक गर्दै मलाइका अरोरा। तस्बिर : रासस


नेपालखबर
पुस २८, २०७९ बिहिबार २२:१२, काठमाडौँ

भारतीय अभिनेत्री मलाइका अरोराले नेपाल जेम एण्ड ज्वेलरी एसोसिएसनद्वारा बिहीबार काठमाडौँमा आयोजित  'फेशन रनवे एक्स्पो'मा भाग लिएकी  छन्। 

बिहीबार नै नेपाल आएकी उनले नेपाल रत्न तथा आभूषण संघले आयोजना गरेको जेम एन्ड ज्वेलरी एक्सपोमा र्‍याम्प वाक गरेकी हुन्। 

ज्वेलरी फेसन शोमा मलाइकाले नेपाली पोशाक र गहनामा सजिएर र्‍याम्प वाक गरेकी हुन्। 

उनले नेपाल आउन पाउँदा निकै खुसी लागेको भन्दै निमन्त्रणका लागि धन्यवाद दिएकी छन्। 

यसअघि पनि थुप्रैपटक नेपाल भ्रमणमा आएकी मलाइका यसपटक छोटो भ्रमणमा आएर एक्सपोमा सहभागी भएकी हुन्। 

उनले यसपटक थोरै समय मात्र नेपालमा बिताउने जानकारी दिँदै नेपालमा बसेको समयलाई विशेष बनाउने बताएकी छन्। 

नेपाल बसाइका क्रममा नेपाली गीत, संगीत र फिल्मबारे जानकारी लिने मलाइकाले बताएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad