कला


मिस युनिभर्सको उपाधि अमेरिकाकी आर बोनी गेब्रिएलले जितिन् (भिडिओ)

मिस युनिभर्सको उपाधि अमेरिकाकी आर बोनी गेब्रिएलले जितिन् (भिडिओ)

नेपालखबर
माघ १, २०७९ आइतबार ११:४५, काठमाडौँ

यस वर्ष भएको मिस युनिभर्स प्रतियोगिताको उपाधि अमेरिकाकी आर बोनी गेब्रिएलले जितेकी छन्। 

अमेरिकाको लुइसियाना राज्यको न्यु अर्लिन्स सहरमा सम्पन्न ७१औं मिस युनिभर्स प्रतियोगितामा गेब्रिएल विजयी भएकी हुन्। 

गेब्रिएललाई गत वर्षको मिस युनिभर्स हरनाज सन्धुले ताज पहिर्‍याइन्।

प्रतियोगिताका उत्कृष्ट तीनमा गेब्रियलसहित भेनेजुएलाकी अमान्डा डुडामेल न्युम्यान र डोमिनिकन रिपब्लिककी एन्ड्रिया मार्टिनेज परे। 

त्यसैगरी मिस युनिभर्स २०२२ को सौन्दर्य प्रतियोगितामा सहभागी भारतकी दिविता राई उत्कृष्ट १६ मा परिन्। विश्वभरबाट ८४ जना सहभागीले यसमा भाग लिएका थिए। 

नेपालबाट मिस युनिभर्समा सोफिया भुजेल सहभागी भएकी थिइन्। 

हेर्नुहोस् भिडिओ–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad