पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभिनेता राजेश हमाललाई महानायकको सम्मान प्रदान गरेका छन्। शनिबार भक्तपुरमा आयोजित चौथो एपिक म्युजिक अवार्ड कार्यक्रममा हमाललाई उक्त सम्मान दिइएको हो।
कार्यक्रममा गायकहरू तीर्थकुमारी थापा, गायक रत्न बेहोसी लगायत कलाकारलाई पनि अध्यक्ष ओलीले सम्मानपत्र प्रदान गरेका थिए।
कार्यक्रममा ओलीकी पत्नी राधिका शाक्य, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, अभिनेत्रीहरू बसुन्धरा भुसाल र गौरी मल्ल, हमालकी पत्नी मधु भट्टराईलगायत सहभागी थिए।
81
Shares

प्रतिक्रिया