कला


हलिउड : २ अर्ब डलर कमाउने क्यामरुनको तेस्रो चलचित्र बन्यो ‘अवतार २’

हलिउड : २ अर्ब डलर कमाउने क्यामरुनको तेस्रो चलचित्र बन्यो ‘अवतार २’

नेपालखबर
माघ ९, २०७९ सोमबार १६:५८, काठमाडौँ

ग्लोबल बक्स अफिसमा डिस्नेको ‘अवतार : द वे अफ वाटर’ चलचित्रले दुई अर्ब अमेरिकी डलर आम्दानी कटाएको छ। 

योसँगै उक्त फिल्म २ अर्ब डलर कमाउने जेम्स क्यामरुनको तेस्रो चलचित्र समेत बनेको छ। 

हालसम्म मात्र पाँचवटा चलचित्रले यस्तो कोशेढुंगा पार गरेका छन्। तिनमा अवतार, एभेन्जर्स ः एन्डगेम, क्यामरुनको टाइटानिक, स्टारवार्स : द फोर्स अवेकन्स र एभेन्जर्स : इन्फिनिटी वार छन्। 

आइतबारसम्म अवतार २ ले घरेलु टिकट बिक्रीबाट ५९ करोड ८० लाख डलर र विदेशी बजारबाट १ अर्ब ४२ करोड ६० लाख डलर संकलन गरिसकेको छ। 

उच्च कमाउने अवतार छैठौँ चलचित्र बनेको छ। हाल यो चलचित्र सिनेमामा प्रदर्शन भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad