कला


दया र प्रकृतिको ‘बिहे पास’ वैशाख १ मा

दया र प्रकृतिको ‘बिहे पास’ वैशाख १ मा

नेपालखबर
माघ १३ , काठमाडौँ

वर्षकै प्रतिक्षित फिल्मका रुपमा हेरिएको दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर फिल्म ‘बिहे पास’ को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ। नयाँ वर्ष २०८० वैशाख १ गते प्रदर्शन हुने फिल्मको श्रीपञ्चमीको अवसर पारेर बिहीबार दर्शकमाझ दुई डिजाइनका पोस्टर ल्याइएको हो। एउटा पोस्टरमा दयाहाङ र प्रकृतिलाई मात्र प्रस्तुत गरिएको छ भने अर्काे पोस्टरमा उनीहरुको साथमा बुद्धि तामाङ, शिशिर वाङ्देल र रवीन्द्र झा देखिन्छन्। 

सामाजिक कथानक फिल्म बताइएको ‘बिहे पास’ प्रवेश पौडेलको निर्देशनमा रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेका हुन्। पूर्वी नेपालका विभिन्न रमणीय स्थलमा खिचिएको फिल्म आरआर फिल्म्‌स् प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। फिल्म वितरणमा आफ्नो वर्चश्व कायम राखेको आरआर फिल्मस्‌ले यसअघि ‘कृष्ण लीला’ निर्माण गरेको थियो। 

रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता,रोजन श्रेष्ठ निर्माता,ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको फिल्ममा श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन्। शिव ढकालले खिचेको फिल्मका गीतमा प्रवेश मल्लिकको संगीत, डिपी खनालको गीत, शैलेन्द्र प्रधानको पार्श्व संगीत छ। रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्म मित्र गुरुङले सम्पादन गरेका हुन्। मर्रे केर, आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा र संवाद भने आकाश र सजनले तयार पारेका हुन्। 

निर्माण पक्षले ‘बिहे पास’ लाई नयाँ वर्ष २०८० को कोसेली स्वरुप दर्शकमाझ पस्कन लागेको जनाएको छ। 

माघ १३, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.