ad ad

कला


दर्शक तान्न सक्ने कलाकार अनमोल, प्रदीप र पूजा मात्र हुन् : शोभित बस्नेत

दर्शक तान्न सक्ने कलाकार अनमोल, प्रदीप र पूजा मात्र हुन् : शोभित बस्नेत

नेपालखबर
माघ २४, २०७९ मंगलबार ८:५४, काठमाडौँ

निर्देशक शोभित बस्नेत नयाँ फिल्मको तयारीमा छन्। उनी बेलाबेला दिने सार्वजनिक अभिव्यक्तिका कारण चर्चामा आइरहन्छन्। केही समयअघि अभिनेत्री साम्राज्ञी शाहविरुद्ध अभिव्यक्ति दिएर चर्चामा आएका बस्नेतले पुनः अर्को अभिव्यक्ति दिएका छन्। 

उनले हलमा दर्शक तान्न सक्ने कलाकार नेपालमा पूजा शर्मा, अनमोल केसी र प्रदीप खड्का मात्रै भएको अभिव्यक्ति दिएका छन्।

उनले आफ्नै जन्मदिनमा आयोजना गरेको कार्यक्रममा भने, ‘पक्कै पनि विषयवस्तुले नै हो दर्शक हलसम्म तान्ने। तर रिलिज भएको बिहानै दर्शकलाई विषयवस्तु के हो भनेर कसरी थाहा हुन्छ? यसैले दुई दिन हलमा दर्शक स्टारले तान्नुपर्छ। आइतबारदेखि भने विषयवस्तुले नै दर्शकलाई हलसम्म तान्छ । अहिले दर्शक तान्न सक्ने कलाकार भनेको अनमोल केसी, प्रदीप खड्का र पूजा शर्मा मात्र हुन्।’

उनले २ दिन पनि दर्शक हलसम्म तान्न नसक्ने कलाकारले १ लाख ८० हजार पारिश्रमिक लिए हुने भन्दै यो अभिव्यक्ति कसैप्रति पनि लक्षित नरहेको बताए। उनको यो अभिव्यक्तिका कारण अहिले विभिन्न कोणबाट उनको चर्चा भइरहेको छ।

शोभित आफ्नो नयाँ फिल्म ‘जय हो’ छायांकनको तयारीमा छन्। उनले फिलमका लागि आफ्नो जन्मदिनको अवसर पारेर नासयिका केकी अधिकारीलाई अनुबन्ध गरेका छन्। फिल्म आगामी फागुन २५ गतेदेखि छायांकनमा जाने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .