रियालिटी टिभी स्टार राखी सावन्तका पति आदिल दुर्रानीलाई मुम्बईको अंधेरी अदालतले बुधबार न्यायिक हिरासतमा पठाएको छ।
श्रीमतीले किटानी जाहेरी दिएपछि उनलाई मंगलबार प्रहरीले हिरासतमा लिएको हो।
मुम्बईको ओशिवारा पुलिस स्टेसनबाहिर राखी सावन्तले भनिन्, ‘बिहान घरमा मलाई मार्न दौडियो। मैले तुरुन्तै प्रहरीलाई खबर गरेँ।’
उनले थपिन्, ‘उनी प्रायः मेरो घरमा आएर धम्की दिने गर्थे। बिहान पनि कुट्न घर आएका थिए र म डराएकी थिएँ। उनले मलाई मिडियामा बदनाम गरेको आरोप लगाए।’
राखी सावन्तले आफूसँग सम्बन्ध तोडेपछि उनका पति आफ्नी प्रेमिकासँग बस्ने गरेको दाबी गरेकी छन्। बीबीसी हिन्दी
411
Shares

प्रतिक्रिया