अभिनेत्री वर्षा शिवाकोटी अभिनित फिल्म ‘ए साथी सुन’ आगामी चैतमा प्रदर्शनमा आउने भएको छ। फिल्म निर्माण टिमले चैत १० गतेलाई प्रदर्शन मिति तोकेको हो।
राजराघव आचार्यले निर्देशन गरेको फिल्ममा वर्षासँगै रमेश बानियाँ, सुशील पोखरेल, विमला गिरी, जयनन्द लामा, लक्ष्मी साउद, सिद्धराज तिमल्सिना, सुवास शाह, रुकमिला अधिकारी, इभान सन्जेल, आर्यन खड्का, रमेश अधिकारीलगायत कलाकारले अभिनय गरेका छन्।
लभस्टोरी, कमेडी र लाइट थ्रिलर जनरामा बनेको फिल्मको वितरण आरआर डिस्ट्रिब्युसनले गर्न लागेको छ। केरोना महामारीअघि नै निर्माण भएको फिल्ममा बिना कार्की र सन्तोषकुमार राईले लगानी गरेका छन्।
फिल्ममा मानकृष्ण महर्जनको छायांकन र कुमार महर्जनको एक्सन छ।
21
Shares

प्रतिक्रिया