कला


पूजाले जेलमै पुगेर दिइन् पललाई जन्मदिनको शुभकामना

पूजाले जेलमै पुगेर दिइन् पललाई जन्मदिनको शुभकामना

फाइल तस्बिर


नेपालखबर
फागुन १०, २०७९ बुधबार १३:२६, काठमाडौँ

पल शाहको जन्मदिनको अवसर पारेर अभिनेत्री पूजा शर्मा कारागार पुगेकी छन्। आज पलको जन्मदिन दिन पारेर उनलाई भेट्न पूजा तनहुँ कारागार पुगेकी हुन्। पूजासँग निर्देशक शोभित बस्नेत पनि पललाई भेट्न पुगेका छन्। 

पल शाहलाई सामाजिक सञ्जालबाट उनका हितैषी तथा फिलमकर्मीहरुले जन्मदिनको शुभकामना दिइरहेका छन्।  पूजाले भने कारागारमै गएर पललाई जन्मदिनको शुभकामना दिएकी हुन्।

फाइल तस्बिर

पलसँग पूजाले ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’मा स्क्रिन सेयर गरेकी छन्। यी दुईले थुप्रै म्युजिक भिडिओमा पनि सहकार्य गरेका छन्। 

पल र पूजा मिल्ने साथी हुन्। करिब एक वर्षअगाडि पल शाह नाबालिग बालात्कार अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका हुन्। तर नवलपुर जिल्ला अदालतले उनलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोगमा दोषी ठहर गर्‍यो। उनलाई साढे दुई वर्षको कैद सजाय तोकिएको छ।

यो मुद्दामा पूजाले पलको खुलेर समर्थन गरिरहेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad