ad ad

कला


ग्याङ लिडर अनमोल केसी (भिडिओ)

ग्याङ लिडर अनमोल केसी (भिडिओ)

नेपालखबर
फागुन ११, २०७९ बिहिबार ९:९, काठमाडौँ

यो वर्षकै प्रतिक्षित भनिएको फिल्म ‘छड्के २’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। अनमोल केसीको मुख्य भूमिका रहेको फिल्मले तीन ग्याङको लडाइँको कथा भन्छ। अनमोलको स्टारडमका कारण पनि फिल्म प्रतिक्षित बनेको छ।

रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रिन ग्याङको कथा ‘छड्के २’ले भन्छ। जसको उद्देश्य मनाङको प्राकृतिक स्रोतको संकलन र त्यसबाट प्राप्त धन आर्जन गर्नु हो। तीनवटा ग्याङमध्ये एउटा ग्याङको नेताका रुपमा अभिनेता केसीलाई प्रस्तुत गरिएको छ। जसले शरीरभरि ट्याटु र हातमा हमेसा खुँडा बोकेर बुलेट बाइक चढेर आफ्नो ग्याङको नेतृत्व शानका साथ गरिरहेको छ।

निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको सिनेमामा अनमोलका अलवा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी र कुमार घलानलगायत कलाकारले अभिनय गरेका छन्।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको सिनेमामा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी तथा लोकेश बज्राचार्यको सम्पादन छ। निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको ब्यानरमा निर्मित सिनेमामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता तथा कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन्। 

हेर्नुहोस् ट्रेलर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .