गायक बद्री पंगेनी र रचना रिमालको स्वरमा ‘पैसा सापटी’ बोलको गीत बजारमा आएको छ। सार्वजनिक गीतमा पेसा सापटीपछि बिग्रिएको सम्बन्ध र उत्पन्न समस्यालाई समेटिएको छ।
समस्या देखाएर पैसा सापटी माग्ने तर पैसा लगेपछि तिर्न नमान्ने बेथिति बढिरहेको विषय गीतमा समेटिएको छ।
गीतको भिडिओमा पैसा सापटी लगेपछि बोलचालसमेत बन्द गर्ने साथी र आफन्तलाई देखाइएको छ।
बद्री पंगेनीकै रचना रहेको गीतमा विश्वास नेपालले संगीत भरेका छन्।
गीतको भिडिओमा सागर लम्साल ‘बले’, अनु रेग्मी, नन्दा बस्याल, सन्तोस पौडेल ‘बटुक’लगायत कलाकारले अभिनय गरेका छन्।
हेर्नुहोस् म्युजिक भिडिओ–
57
Shares
प्रतिक्रिया