ad ad

कला


बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयाघात

बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयाघात

नेपालखबर
फागुन १९, २०७९ शुक्रबार १६:५, काठमाडौँ

बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयाघात भएको छ। अभिनेत्री सेनले नै सामाजिक सञ्जालमार्फत् आफूलाई २ दिन पहिले हृदयाघात भएको बताएकी छन्।

एन्जियोप्लास्टी गरिएपछि आफ्नो अवस्था सामान्य रहेको सेनले उल्लेख गरेकी छिन्। ‘अहिले सबै ठीक रहेको र आफू फेरि बाँकी जीवनको लागि तयार रहेको’ उनले लेखेकी छन्। 

‘आफ्नो हृदयलाई खुसी र साहसी तुल्याउनुस्। जब तपाईंलाई आवश्यक पर्छ, यो तपाईंसँगै उभिन्छ। यी महान शब्द मेरो बुवा (पापा)ले भन्नुभएको थियो। मलाई २ दिनअघि हृदयाघात भएको थियो। एन्जियोप्लास्टी गरिएको छ। स्टेन्ट राखिएको छ। सबैभन्दा महत्वपूर्ण, मेरो कार्डियोलोजिस्ट (मुटु रोग विशेषज्ञ)ले ‘मसँग ठूलो मुटु छ’ भनेर पुनः पुष्टि गरे। समयमै सहयोग र रचनात्मक कार्यको लागि सबैलाई धन्यवाद। यो पोष्ट तपाईं (मेरा शुभचिन्तक र प्रियजनहरू)लाई शुभ समाचारको बारेमा जानकारी गराउनका लागि हो। सबै ठीक छ र म फेरि बाँकी जीवनको लागि तयार छु।’ उनले इन्स्टाग्राम लेखेकी छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .