अहिले नेपाली सिनेमा घरमा दीपक–दीपाको ‘छक्का पञ्जा ४’ले तहल्का पिटिरहेको छ। ‘छक्का पञ्जा ४’ले राम्रो कलेक्सन गरिरहँदा एकैदिन प्रदर्शन गरिएको अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ भने नराम्रोसँग पछारिएको छ।
प्रदर्शनको छैटौं दिन दर्शक नपाएपछि ‘छड्के २’ मल्टिप्लेक्सबाट उत्रिएको छ। क्यूएफएक्स चेनले सबै हलबाट यो फिल्म उतारेको छ। यो फिल्मका लागि अनमोलले लामो वर्कसप गरेका थिए। यही फिल्मबाट आफ्नो छवि बदल्ने प्रयत्नमा रहेका अनमोलले फिल्मको प्रचारमा पनि समय दिएका थिए। तर फिल्मले प्रचार खर्चसमेत उठाउन सकेन।
व्यापारसँगै यो फिल्मले समीक्षा पनि राम्रो पाएन्। यो फिल्म अनमोल केसीको करिअरकै असफल फिल्म साबित भएको छ। यसअघि उनका कुनै पनि फिल्मको व्यापार यति खराब भएको थिएन।
निर्देशक निगम श्रेष्ठले निर्देशन गरेको यो फिल्ममा अनमोल ग्याङस्टारको भूमिकामा छन्।
Shares

प्रतिक्रिया