कला


जो माफी मागेर ‘महान्’ भए

परिपक्व हुनुपर्ने बेला अनमोलले गरेको गल्ती
जो माफी मागेर ‘महान्’ भए

नेपालखबर
फागुन २८, २०७९ आइतबार १३:३८, काठमाडौँ

अभिनेता अनमोल केसी र सफलता लगभग एकअर्काका पर्यायजस्तै थिए। अनमोलले काम गरेपछि उद्योगमा फिल्म हिट हुन्छ भन्ने एकखालको मान्यता बनेको थियो। यो मान्यता उनको पछिल्लो फिल्म ‘छड्के २’ले भत्कायो। अनमोलले शीर्ष भूमिकामा रहेर काम गरेको यो फिल्मले मुनाफा कमाउनु त परको कुरा, लगानी उठाउनसमेत सकेन।

सामाजिक सञ्जालमा कमै देखिने अनमोलले फिल्म असफल भएपछि लामो स्टाटस लेखे। जसमा दर्शकको अपेक्षा पूरा गर्न नसकी मन दुखाएको भन्दै माफी मागे। फिल्मको कमजोर व्यापारका कारण उनको स्टारडमप्रति प्रश्न उठिरहेका बेला उनले आफूले यो असफलताबाट पाठ सिकेको बताए। 

उद्योगका धेरै कलाकार फिल्म चल्नु र नचल्नुसँग आफ्नो कुनै सरोकार नरहेको भन्दै तर्कने गर्छन्। धेरैले भन्ने गरेका छन्, ‘हामीले काम पर्फेक्ट गर्ने हो। चल्छ अथवा चल्दैनसँग हाम्रो मात्रै भूमिका हुँदैन।’

तर अनमोलले आफ्नो फिल्म असफलताको जिम्मा आफूले लिए। निर्माता र दर्शकसँग माफी मागे। उनले अर्को प्रोजेक्टमा परिपक्व भएर फर्किने वाचासमेत गरे। 

उनको यो शैलीले अहिले फिल्म उद्योगमा तारिफ पाइरहेको छ। धेरैले अनमोलको यस्तै सुझबुझपूर्ण व्यवहारले स्टार भएको बताएका छन्।

अनमोलले परिपक्व हुनुपर्ने बेलामा भूल गरेको बताए। दर्शक तथा उद्योगका मानिसले उनको यो अभिव्यक्तिलाई महान् भनेका छन्। यो अभिव्यक्तिले अनमोलको स्टारडम बचाइराख्ने उल्लेख गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .