ad ad

कला


बोस सोलारको विज्ञापनबारे करिश्माको प्रतिक्रिया– कहिलेकाहीँ हाँस्नु पनि पर्छ!

बोस सोलारको विज्ञापनबारे करिश्माको प्रतिक्रिया– कहिलेकाहीँ हाँस्नु पनि पर्छ!

फाइल तस्बिर : अभिनेत्री करिश्मा मानन्धर


नेपालखबर
चैत ९, २०७९ बिहिबार ९:२०, काठमाडौँ

नेपाली सिने उद्योगमा ४ दशकभन्दा लामो समय बिताएकी अभिनेत्री हुन्- करिश्मा मानन्धर। अहिले पनि उद्योगमा सक्रिय करिश्मा पछिल्लो समय एउटा विज्ञापनका कारण निकै विवादमा परेकी छन्।

कैयौं फिल्ममा उम्दा अभिनय गरेकी करिश्माले केही दिनअघि ‘बोस सोलार वाटर हिटर’को विज्ञापनमा गरेको अभिनय र बोलीका कारण उनी आलोचित भएकी हुन्। कतिले उनलाई यस्तो सस्तो विज्ञापनमा काम नगर्न सुझावसमेत दिएका छन्।

धेरैले उक्त भिडिओमा करिश्माको संवाद सुनेर हाँसो र लाज लागेको टिप्पणी गरेका छन्। आफ्नो अभिनय सामाजिक सञ्जालमा हाँसोकाे विषय भइरहँदा मौन रहेकी करिश्माले बल्ल जवाफ दिएकी छन्। 

उनले उक्त विज्ञापनमा आफ्नो कुनै पनि हात नभएको उल्लेख गरेकी छन्।

करिश्मा लेख्छिन्, ‘हालसालै मैले गरेको बोस सोलार वाटर हिटरको विज्ञापनका लागि आइरहेका कमेन्ट र बनिरहेका अनलाइन न्युजहरुमा मेरो ध्यानाकर्षण भएको  छ। बोस सोलार वाटर हिटरसँग जोडिएको दुई वर्ष भयो, यसका विभिन्न सामग्रीको म प्रशंसक हुँ र आफ्नो नयाँ निर्माण हुँदै गरेको भवन र रेस्टुरेन्टमा बोस सोलारकै सामग्री जडान गर्दै छु।

कलाकारका नाताले आफ्ना प्यारा दर्शक झुक्याउने मनसाय कहिल्यै रहेन। गल्ती मानिसबाटै हुने हो! यसको प्रचारको काममा मेरो उपस्तिथि रहने भए पनि प्रचार निर्माण सामग्रीमा मेरो हात हुँदैन। सुझावसम्म दिन सकिन्छ, जुन निर्माण पक्षले लिन पनि सक्नुहुन्छ, नलिन पनि सक्नुहुन्छ।

मेरो काम भनेको भनेअनुसार गर्ने हो। तर यहाँहरुको यी  प्रतिक्रियाबाट प्रेरित हुँदै यसबारे बनेका अन्य सबै विज्ञापनहरु बोसका आधिकारीहरुसँग मेरो पनि सक्रियता रहने जानकारी गराउन चाहन्छु।  सो विज्ञापनको पनि सुधार अवश्य हुनेछ। यहाँहरुको प्रतिक्रियालाई असाध्यै सकारात्मक रुपमा लिएको छु। करिश्माको हरेक क्रियाकलापलाई चासोका साथ हेरेर साथ र सुधार्ने मौका दिनुभएकोमा आभारी छु।’

उनले अन्त्यमा हाँसेको इमोजीसहित लेखेकी छन्, ‘कहिलेकाहीँ हाँस्नु पनि पर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .