ad ad

कला


पूजा र आँचल : न साथी, न घाती!

पूजा र आँचल : न साथी, न घाती!

नेपालखबर
चैत ९, २०७९ बिहिबार १०:१०, काठमाडौँ

पछिल्लो पुस्ताका २ अभिनेत्री आँचल शर्मा र पूजा शर्माको सम्बन्धलाई लिएर बेला बेला फिल्म उद्योगमा चर्चा भइरहन्छ। यी दुई अभिनेत्रीको सम्बन्ध राम्रो छैन् भन्ने धेरैको आंकलन छ।

पूजा र आँचलले अहिलेसम्म एउटै प्रोजेक्टमा काम गरेका छैनन्। हुन त पूजा होमप्रोडक्सनका फिल्म मात्रै गर्छिन्। बाहिरी ब्यानरका फिल्ममा निक्कै कम काम गरेकी पूजा होमप्रोडक्सनकी हिट नायिका हुन्।

आफ्नो ब्यानरमा पूजा आफ्नो प्रतिस्पर्धी कलाकारलाई लिएर फिल्म निर्माण गर्दिनन्।

पछिल्लो समय पूजा र आँचलले एउटै फिल्ममा काम गर्न लागेको खबर सार्वजनिक भएको थियो। यी दुई नायिकाले रेखा थापाले बनाउन लागेको फिल्ममा स्क्रिन शेयर गर्ने चर्चा पनि भएको थियो।

पूजा फिल्ममा औपचारिक रुपमा जोडिएकी छिन्। तर आँचलको चर्चा, चर्चामै सेलायो। त्यसपछि धेरैले पूजा भएकै कारण आँचल उक्त फिल्ममा नजोडिएको अड्कलबाजी गरे।

यता पूजाले आँचलसँगको सम्बन्धका बारेमा आफ्नो धारणा राखिन्।

उनले आँचलसँगको आफ्नो सम्बन्ध साथीको पनि नरहेको र दुश्मनको पनि नभएको उल्लेख गरेकी छिन्। पूजा भन्छिन्, ‘आँचलसँग मेरो त्यस्तो खास कुनै सम्बन्ध नै छैन। आँचलसँग न मेरो दुश्मनी छ न मित्रता नै। भेट हुँदा हाई हेल्लो मात्र हो।’

पूजाले आँचलसँग काम गर्न आफूलाई कुनै गाह्रो नहुने बताएकी छिन्। आँचलसँग मात्रै नभएर आफ्ना प्रतिस्पर्धी कुनै कलाकारसँग काम गर्न आफू सधैं तयार रहेको पूजाको भनाई छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .