ad ad

कला


पल शाहलाई दाङमा नागरिक अभिनन्दन, लगाइयो ‘आई लभ यु’को नारा

पल शाहलाई दाङमा नागरिक अभिनन्दन, लगाइयो ‘आई लभ यु’को नारा

नेपालखबर
चैत १४, २०७९ मंगलबार १०:४२, काठमाडौँ

अभिनेता पल शाहलाई उनको गृह जिल्ला दाङमा नागरिक अभिनन्दन गरिएको छ। जिल्लामा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा उनलाई नागरिक अभिनन्दन गरिएको हो। पलले दाङ जिल्लाको नाम बढाएको भन्दै नागरिक अभिनन्दन गरिएको आयोजक संस्थाले जनाएको छ।

एक वर्ष लामो जेल जीवन बिताएर गत  फागुन १५ गते घर फर्किएका पल मेला-महोत्सवमा बिस्तारै सक्रियता बढाइरहेका छन्। केही समयअघि सांगीतिक कार्यक्रमका लागि प्लेन चार्टर गरेर रुकुम पुगेका पलले यो सँगै म्युजिक भिडियो र फिल्ममा आफ्नो पारिश्रमिक बढाएका छन्। 

पलले आफ्नो पारिश्रमिक दोब्बरभन्दा धेरै बढाएपछि उनलाई लिएर फिल्म र म्युजिक भिडियो बनाउन तम्सिएका निर्माता हच्किएका छन्। पल भने महोत्सवमा सक्रियताका साथ सहभागिता जनाउन थालेका छन्। 

जेलबाट छुटेससँगै करिअर फर्काउने कसरतमा रहेका पललाई दाङको घोराहीमा आयोजना भएको महोत्सवमा भव्य स्वागत गरियो। आयोजकले उनलाई पल फूल र मालाले ढपक्कै ढाकेका थिए। २ सय रुपैयाँको टिकट काटेर सांस्कृतिक कार्यक्रममा पुगेका दर्शकलाई आयोजकले १० पटकसम्म ‘पल शाह आई लभ यु’ भन्न लगाएको थियो। 

महोत्सवमा पलले पनि दर्शकको मायाले नै आफू जेलमुक्त हुन सफल भएको बताए। उनले जेलमा बस्दा दर्शकको मायाले गर्दा आफूलाई आमाबुबालाई समेत बिर्सिएको बताए।

पल जेलबाट बाहिर निस्कनेबित्तिकै दर्शकसँग नजिक हुन महोत्सवमा कुदिरहेका छन्। उनलाई मेला-महोत्सवका आयोजकले पनि उसैगरी साथ दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .