विराट कोहली र अनुष्का शर्माको जोडीलाई निकै रुचाइन्छ। हालै यो जोडीले जीवनका केही व्यक्तिगत कुरा आफ्ना फ्यानसँग सेयर गरेको छ। विराटले पार्टीमा रक्सी पिएर रातभरि नाच्ने गरेको बताएका छन्। अनुष्काले विराट नाच्न र गाउन रमाउने बताइन्। अनुष्काले पछिल्लो समय विराट र आफू दुवै राति चाँडै सुत्ने गरेको बताएकी छन्।
विराट र अनुष्का हालै इन्डियन स्पोर्ट्स अनर्स अवार्डमा सहभागी भएका थिए। यस क्रममा उनलाई सोधिएको थियो, ‘दुईमध्ये कसले राम्रो डान्स गर्नुहुन्छ?’ त्यसपछि अनुष्काले विराटतर्फ इशारा गर्दै भनिन्, ‘उसलाई गाउन र नाँच्न मन पर्छ।’ विराटले भने, ‘जब म मदिरा पिउँथेँ, त्यतिबेला डान्स फ्लोरमा मात्रै बस्ने गर्थें।‘
उनले अगाडि भने, ‘अहिले म पिउँदिनँ, तर यसअघि म जहिले पनि पार्टीमा जाँदा पिएपछि रोकिन्न थिएँ। त्यसपछि मैले केही वास्ता गरिनँ। यी सबै विगतका कुरा थिए, अब त्यस्तो हुँदैन।’
अनुष्का र विराटलाई आफ्नो साथी को हो भनेर सोधिएको थियो, जससँग राति ३ बजे पनि कुरा गर्न सकिन्छ। जवाफमा अनुष्काले भनिन्, ‘यदि हामी ३ बजेसम्म उठ्छौं भने एकअर्कालाई फोन गर्छौं। यद्यपि अहिले हामी बिहान ३ बजेसम्म उठ्न मन पराउँदैनौं।’
अनुष्काले थपिन्, ‘दुवैजना राति ९:३० बजेसम्म आफ्नो बेडमा गइसक्छौँ।’
अनुष्का र विराटले २०१७ मा विवाह गरेका थिए। यसअघि उनीहरुले झन्डै ३ वर्ष एकअर्कालाई डेट गरेका थिए। अनुष्काले सन् २०२१ मा छोरी वामिकालाई जन्म दिइन्।
अनुष्का आमा बनेदेखि फिल्मबाट गायब भएकी छन् तर उनी चाँडै फिल्म ‘चकडा एक्सप्रेस’मा देखिनेछिन्। यो फिल्म पूर्व भारतीय महिला क्रिकेटर झुलन गोस्वामीको जीवनमा आधारित छ।
प्रतिक्रिया