कला


मन्दिर-गुरुद्वारामा भजन गाउँथे इन्डियन आइडल विजेता ऋषि सिंह

मन्दिर-गुरुद्वारामा भजन गाउँथे इन्डियन आइडल विजेता ऋषि सिंह

नेपालखबर
चैत २०, २०७९ सोमबार ८:५५, काठमाडौँ

भारतको चर्चित गायन रियालिटी शो इन्डियन आइडल–१३ को उपाधि अयोध्याका ऋषि सिंहले जितेका छन्।

आइतबार मुम्बईमा भएको फाइनलमा सिंहले उपाधि हात पारे। शोमा हिमेश रेशमिया, विशाल ददलानी र नेहा कक्कड निर्णायक थिए।

भारतका धेरै राज्यबाट कार्यक्रममा सहभागीमध्येबाट ६ जना मात्रै प्रतियोगी फाइनलमा पुग्न सकेका थिए। जसमा ऋषि सिंह (अयोध्या), बिदिप्ता चक्रवर्ती (कोलकाता), चिराग कोतवाल (जम्मू), सोनाक्षी कार (कोलकाता), शिवम सिंह (वडोदरा) र देबोस्मिता रोय (कोलकाता) थिए।

कडा सांगीतिक प्रतियोगितापछि अयोध्याका ऋषि सिंहले इन्डियन आइडल–१३ को उपाधि जितेर ट्रफी आफ्नो नाममा पारे। प्रतियोगी देबोस्मिता रोय र चिराग कोतवाल फस्ट रनरअप भए।

इन्डियन आइडलका विजेता बनेका ऋषि सिंहले सोनी टिभीबाट २५ लाख रुपैयाँको चेक इनाम पाएका छन्। उपहारस्वरूप नयाँ कार पनि पाए।

मध्यमवर्गीय परिवारबाट आएका ऋषिका बुबा राजेन्द्र सिंह सरकारी कर्मचारी र आमा अञ्जली सिंह गृहिणी हुन्। कार्यक्रमको एक एपिसोडमा ऋषिले आफू आमाबुवाको एक्लो सन्तान भएको र उनलाई बाल्यकालमा नै उनीहरूले धर्मपुत्र बनाएको बताएका थिए।

आमाबाबु उनको संगीत करियरबाट सन्तुष्ट थिएनन्, त्यसैले ऋषि पढाइ पछि अन्य केही काम गर्न चाहन्थे। तर छोराको संगीतप्रतिको रुची देखेर संगीतबाट बिमुख हुन भने दिएनन्।

ऋषिले संगीतको कुनै शिक्षा लिएका छैनन्। तर बाल्यकालदेखि नै घर नजिकैको गुरुद्वारा र मन्दिरमा भजन गाउने गर्थे।

२०१९ मा पनि ऋषि इन्डियन आइडलको ११ औँ सिजनमा सहभागी भएका थिए, तर चौथो राउण्डपछि बाहिरिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad