कला


फाटेको जुत्तामा लगानी गर्दै देव कार्की

फाटेको जुत्तामा लगानी गर्दै देव कार्की

नेपालखबर
चैत २१, २०७९ मंगलबार १५:७, काठमाडौँ

अर्जुन कुमारको अर्जुन कुमार प्रोडक्शनले निर्माण गर्न लागेको फिल्म ‘फाटेको जुत्ता खै ?’ आगामी कार्तिक २४ गते रिलिज गर्नेगरि निर्माण घोषणा गरेको थियो।

एनआरएनए दुबईका अध्यक्ष ठाकुर प्रसाद ढुंगाना र  एनआरएनए केन्द्रीय उपाध्यक्ष धर्मराज अधिकारीसँग मिलेर अर्जुनकुमारले यो फिल्म निर्माण गर्न लागेको बताएका थिए। 

फिल्मको छांयाकमा वैशाखबाट शुरु गरिने बताइएको छ। छांयाकनमा नजादै ‘फाटेको जुत्ता २’ मा अस्ट्रेलियाबाट नयाँ निर्माता देव कार्की भित्रिएका छन्।

अस्ट्रेलियामा रिलिज अधिकार पनि लिने गरी उनी निर्माणमा सहकार्य गर्न आएका हुन। कार्कीले अस्ट्रेलियामा अधिकांश नेपाली फिल्म रिलिज गर्दै आएका छन्।  

फिल्ममा सौगात मल्ल र रिचा शर्माको मूख्य भूमिका रहनेछ। फिल्मको निर्देशन निकेश खड्काले गर्ने बताइएको छ।

निकेशले अर्जुन कुमार कै फिल्म फाटेको जुत्ता निर्देशन गरेका थिए। त्यसैको निरन्तरतामा ‘फाटेको जुत्ता खै?’ निर्माण हुन लागेको हो।  

आकाश बरालको कथामा फिल्म निर्माण हुनेछ भने संगीत प्रबेश मालिकको रहनेछ। आगामी वैशाखमा नवलपुरबाट फिल्मको छायांकन शुरु हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .