कला


दयाको एक्लो काँधले धानेको उद्योग

दयाको एक्लो काँधले धानेको उद्योग

नेपालखबर
बैशाख ४, २०८० सोमबार १३:४, काठमाडौँ

पछिल्लो समय नेपाली फिल्म उद्योगमा चलेका अधिकांश फिल्ममा अभिनेता दयाहाङ राई देखिए।

गएको वर्ष दयाका ४ फिल्म सुपरहिट भए। २०८० सुरुवातमै उनको अभिनय रहेको ‘जारी’ले बजार पिटेको छ। दयाहाङ फिल्म उद्योगका नम्बर वान हिरोका रुपमा दर्ज भएका छन्।

हिरोको लुक्सका वरिपररी उद्योग घुमिरहेका बेला फिल्म ‘लुट’मा दया देखिए। यही फिल्मबाट एकाएक उदाएका दयाले त्यसपछि पछाडि फर्किएर हेर्नु परेन। चलेका फिल्म मात्रै होइन, छायांकनमा रहेका थुप्रै फिल्म दयाको काँधमा छन्। 

फिल्मी करिअरको सुरुवातमा जीवन लुईंटेल र आर्यन सिग्देलसँग प्रतिस्पर्धा गरेका दयाले दुवै नायकलाई पछि पारेका छन्।

जीवन अमेरिका पसेका छन् भने आर्यन फिल्मबाट पलायन जस्तै भैसके। आर्यनका आक्कलझुक्कल आएका फिल्म पनि चल्न सकेनन्। बन्दै गरेका अधिकांश फिल्ममा दया अनुबन्धित हुँदा आर्यन कहाँ के गरिरहेका छन् दर्शकलाई थाहा छैन। 

चलेका फिल्म र बन्दै गरेका फिल्मलाई हेर्ने हो भने अबका केही वर्ष नेपाली फिल्म उद्योग दयाकै काँधले धान्नु पर्ने देखिन्छ।

फिल्ममा दयाको उपस्थिती बनावटी नलाग्नु, फिल्ममा र बाहिर उस्तै भेटिनुले पनि दया र दर्शकको सम्बन्ध बलियो बनाएको छ। थिएटरबाट फिल्ममा उदाएका दयाको अभिनयले पनि दर्शकलाई आकर्षित गरिरहेको छ। 

अभिनय र दर्शकको रोजाइका कारण दया निक्कै ब्यस्त सेड्युलमा दौडिरहेका छन्। जेठको पहिलो साताबाट निश्चल बस्नेतको ‘दिमाग खराब’मा अनुबन्धित भएका छन्। निश्चल फिल्मका लागि दयाको समय पर्खिरहेका छन्।

यता रामबाबु गुरुङ ‘डिग्री माइला’ बनाउने तयारीमा छन्। यो फिल्म छायांकनमा गएको खण्डमा निश्चलको फिल्म पछि सर्ने पक्का छ।

यता हलमा दयाको ‘बिहेपास’ र ‘जारी’ प्रदर्शन भैरहेका छन्। दया भने ‘नांगो गाउँ’को छायांकनमा छन्। निर्माता किरण नेपालीको ‘हात्तिछाप’ पनि दयाको समय फर्खिरहेको छ।

दयालाई लिएर रामबाबुले ‘कबड्डी ५’ निर्देशन गर्ने तयारी गरिरहेका छन्। उद्योगमा दयाको एक्लो काँधले कहिलेसम्म फिल्मको भार उठाउला भन्ने चर्चा सुरु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad