कला


धरानका मेयरसँग पाइप तान्दै धिरज र जसिता

धरानका मेयरसँग पाइप तान्दै धिरज र जसिता

नेपालखबर
बैशाख १७, २०८० आइतबार १५:१६, काठमाडौँ

फिल्म प्रचारका लागि कलाकारहरुले अनेक फण्डा गर्ने गरेका छन्।

यही वैशाख २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को प्रचारमा पनि कलाकारले कुनै कसर बाँकी राखेका छैनन्।

रेनशा राई राणाले निर्देशन गरेको यो फिल्मको प्रचारका लागि फिल्मका कलाकार यतिबेला धरान पुगेका छन्। 

फिल्मको प्रचारमा हिँडेका कलाकार धिरज मगर र जसिता गुरुङले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङसँग भेटघाट गरेको छ।

मेयर साम्पाङले चलाएको अभियानमा सहभागी हुँदै कलाकारद्वय धिरज र जसिताले खानेपानीको पाइप तान्न सहयोग समेत गरेका छन्। 

मेयर साम्पाङको कोका खोलाको पानी धरानबासीलाई खुवाउने अभियानमा फिल्मका कलाकारले श्रमदान गरेका हुन्। यो श्रमदान मात्रै नभएर फिल्मको प्रचार काइदा पनि हो।

धिरज र जसिताको श्रमदानपछि मेयर साम्पाङले सबै काम छोडेर फिल्म हेर्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad