कला


तीन वर्षपछि पल र आँचलको ‘पुनर्मिलन’

तीन वर्षपछि पल र आँचलको ‘पुनर्मिलन’

नेपालखबर
बैशाख १८, २०८० सोमबार १२:४८, काठमाडौँ

एक समय नेपाली फिल्म उद्योगमा पल शाह र आँचल शर्माको नाम जोडेर निकै गसिप बन्थे। उनीहरूले थुप्रै म्युजिक भिडिओ र केही फिल्ममा सहकार्य पनि गरे। दर्शकले यो जोडीलाई खुब रुचाएका थिए। 

दर्शकले यो जोडीलाई ‘आँप’ जोडीको उपनाम दिएका थिए। उनीहरू सँगै भइदिए हुन्थ्यो भनेर दर्शकले कामना गरिरहेका बेला आँचलले डा. उदीपसँग लगनगाँठो कसिन्। त्यसपछि पल र आँचल कतै सँगै देखिएनन्। 

तीन वर्षको अन्तरालपछि भने उनीहरू फेरि सँगै देखिएका छन्। आँचलको निम्तोमा फिल्म ‘नाइँ नभन्नु ल ६’ हेर्न पुगेका पलले क्यूएफएक्सको लबिम हलमा आँचलसँगै बसेर फिल्म हेरे। त्यसपछि मिडियामा पनि सँगै देखिएका पल र आँचल दुवै भावुक सुनिन्थे।

उनीहरूले कुराकानीका क्रममा एकअर्काप्रतिको लगाव प्रस्टै देखाएका थिए। 

आँचलले पललाई उद्योगकै सबैभन्दा राम्रो साथी रहेको बताइन्। पलले पनि फिल्ममा आँचलको अभिनयले आफूलाई जितेको भन्दै माया देखाए। यो फिल्मसँग आफ्नो भावना जोडिएको भन्दै पलले भने, ‘फिल्मको राम्रो पक्ष भनेकै आँचलको अभिनय लाग्यो। एक्टिङ स्किल विकास भएछ।’

आँचलसँग निकट भविष्यमा का मगर्न सक्ने पलले संकेत गरेका छन्। उनले भनेका छन्, ‘पल र आँचलले फिल्म गर्नुपर्छ भनेर अफर आइरहेको छ। यसका लागि पटकथा बलियो हुनुपर्छ। एक दिन हुन्छ होला सायद।’

पल र आँचल दुवैले ‘नाइँ नभन्नु ल ४’बाट फिल्ममा डेब्यु गरेका थिए। त्यसपछि उनीहरूले ‘जोनी जेन्टलम्यान’ र ‘शत्रुगते’लगायत फिल्ममा सहकार्य गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad