गायक तथा अभिनेता यश कुमार कमलपोखरीस्थित आलिसान लाउन्ज एन्ड क्लबमा गुन्जिने भएका छन्। बुधबार राति ब्यान्डसहित उनको लाइभ कन्सर्ट तय भएको हो।
साझ ७ बजेबाट ‘डुअर ओपन’ हुने कन्सर्टमा यशले ब्यान्डसहित आफ्ना चर्चित नयाँ–पुराना गीतहरू गाउने तयारी रहेको आलिसानका सञ्चालक राम थापाले जानकारी दिए। कन्सर्टमा यशले 'म कहिले हाँसेको थिएँ...', 'तिम्रो मन बदलिएछ...', 'बिरानो यो मन्दिरमा...', 'हिजो अर्कैसँग देखेँ...', 'म आफ्नै इनार बनाउँछु...', 'तिमीलाई कुनै पल...' लगायत आफ्ना चर्चित गीत गाएर दर्शक झुमाउनेछन्।
कन्सर्टमा आलिसान ब्यान्डले प्रारम्भिक प्रस्तुति दिने तय छ। त्यसपछि मात्रै यश स्टेजमा उक्लिनेछन्।
75
Shares

प्रतिक्रिया