१ वर्ष लामो जेल जीवन बिताएर फर्किएका अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मासँग पहिलो पटक एउटै कार्यक्रममा देखिएका छन्। पल जेल पर्नुअघि उनीहरू अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन भएको थियो। फिल्म प्रमोशनका क्रममा पूजाले पललाई सम्झिएर सक्ने जति रोइन्।
पटक पटक पललाई भेट्न कारागार पुगिन्। पलको जन्मदिनमा कारागारमै केक लिएर पुगेकी पूजा र पलको भेट उनी छुटेपछि पनि भएन।
पूजालाई पलले वास्ता नगरेका कारण भेट नभएको भन्ने खबरहरू पनि सार्वजनिक भए। यो बिचमा पर्दामा उनीसँग जमेकी आँचल शर्मासँग बसेर पलले फिल्म हेरे।
तर शुक्रबार पल र पूजा एलजी सिने सर्कल अवार्डमा सँगै देखिए। ‘म यस्तो गीत गाउँछु २’बाट सर्वोत्कृष्ट युगल कलाकारको अवार्ड पल र पूजाले पाए।

तर सुरूमा अवार्ड उद्घोष हुँदा स्टेजमा पल एक्लै गएर आफ्नो मात्रै अवार्ड लिएर फर्किए।
केही समयपछि आएकी पूजालाई पुनः बोलाएपछि आफ्नो अवार्ड बोकेर स्टेज पुगेका पल र पूजा खुलेर बोलेनन्।
अहिले सिनेमा बजारमा यी दुईको सम्बन्ध चिसिएको चर्चा छ। यहिबिचमा सँगै स्टेजमा देखिएका पल र पूजाको पहिलाको जस्तो मित्रता र प्रेम नदेखिनुले यो हल्लालाई थप बल दिएको छ।
Shares

प्रतिक्रिया